विदेशबाट अंगभंग भएर फर्किएका नागरिकलाई सरकारले सहयोग गरेन : सांसद सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरूका लागि सरकारले कुनै काम गर्न नसकेको बताएका छन्। बिहीबारको प्रतिनधि सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले सरकारले विदेशबाट बाकसमा शव फर्किएका नेपालीहरूका परिवारका लागि के सोचेको छ भन्दै प्रश्न गरे। उनले विदेशमा रहेका नेपालीहरूले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तानभन्दा अगाडि नै असफल मुलुक हुने दाबी गरे।

उनले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न सक्ने सरकारले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरूका लागि कुनै काम गर्न नसकेको भन्दै दुःख व्यक्त गरे।

सांसद सिंहले सरकारको सय दिनमा कुनै राम्रो काम गर्न नसकेको दाबी गरे। उनले अब जनताले विकल्प खोज्ने बेला भइसकेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *