बञ्चरेडाँडामा अव्यवस्थित रूपमा फोहर फालियो, संसदीय समिति पठाऔं : राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरेडाँडामा फालिएको फोहर अवलोकनका लागि संसदीय टोली पठाउन माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बञ्चरेडाँडामा व्यवस्थित रूपमा फोहर फाल्ने भनिए पनि अव्यवस्थित रुपमा फोहर फालिँदा झनै किचलो बन्दै गएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले त्यहाँका समस्या समाधानका लागि संसदीय समिति बनाई एक टोली त्यहाँको निरीक्षण र अवलोकनका लागि जानुपर्ने बताए। उनले वैज्ञानिक ढंगले फोहर व्यवस्थापन गर्ने भनेर बनाइएको पोखरीमा पनि अहिले फोहरको डंगुर भरिएकोप्रति आपत्ति जनाए।

उनले स्थानीयहरू घरमा बस्नै नसक्ने अवस्था रहेको र स्थानीहरूले समस्या समाधानको माग गर्दा सरकारले प्रहरी प्रशासन लगाएर स्थानीयमाथि ज्यादती गरेको बताए। उनले उक्त क्षेत्र हवाई रुट भएकाले पनि दुर्घटना निम्तिन सक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे।

सांसद पाण्डेले कोल्पो खोलामा फोहर बगाउन बन्द गर्न पनि आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर