नदी प्रदूषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही गर्न माग गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले सिर्सिया नदी किनारामा विभिन्न उद्योगहरू सञ्चालनमा रहेका र ती उद्योगबाट निस्किने रासायनिक पानी सिधै नदीमा मिसाउँदा नदी प्रदूषित भएको बताए। उनले नदी प्रदूषित हुँदा मानिस र पशुचौपायालाई समेत छालासम्बन्धी विभिन्न रोगको संक्रमण भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनले अविलम्ब नियम मिचेर काम गर्ने उद्योगीहरूलाई कारबाही गर्न सरकारसँग माग गरे। सांसद यादवले उद्योगीरूरुले बदमासी गरेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकार मूकदर्शक भएको आरोप लगाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर