अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत

राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले सर्वसम्मतले प्रस्तावलाई स्वीकृत गरेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बताए।

उनले सभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। प्रस्तावको विपक्षमा कोही पनि सांसद नरहेको भन्दै प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको घोषणा उनले गरे।

अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि संशोधन पेस गर्न चाहने सदस्यहरूले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ११२ बमोजिम ७२ घण्टाभित्र आफूले पेस गर्न चाहेको संशोधनको सूचना विधेयक शाखा प्रतिनिधि सभामा दिन सक्नेछन्।

प्रतिनिधि सभाको अर्को बैठक चैत्र २७ गते सोमबार दिनको १ बजे बस्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर