मिटरब्याजपीडित र सरकारी टोलीबीच भोलि फेरि वार्ता हुने

मिटरब्याजपीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो ।

वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भीर रहेको बताउँदै भोलि पुन वार्तामा बसी समस्या समाधान गर्ने आश्वासन दिएको थियो । वार्ता सोमबार पुनः बस्ने गरी सकिएको मिटरब्याजविरुद्ध किसान-मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले बताए । उनले वार्तामा आफूहरुको मागबारे सरकारलाई जानकारी गराइएको पनि बताए ।

सरकारले मिटरब्याजपीडितहरुको समस्या समाधानका लागि गृृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाका नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पीडित पक्षले मिटर ब्याज असुली गर्नेहरुलाई कडा कारबाही हुनुपर्ने, उनीहरुले आफूहरुमाथि लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन् ।

*यसअघि यस समाचारमा असावधानीवश अर्कै तस्बिर प्रयाेग हुन गएकाेप्रति क्षमायाचना गर्दै सच्याएका छाैं। -सम्पादक 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर