सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको विभिन्न समयमा सांसदले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन्।

‘विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ,’ सभामुख घिमिरेले भने, ‘ प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरूको जवाफ दिन निर्देशित गर्दछु।’

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
प्रतिनिधि सभामा आर्थिक वर्ष २०७८/०७९ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गरिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर