जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी पक्राउ

जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ घर भई काठमाडौंको स्वयम्भू, भवनगाउँ बस्ने ५९ वर्षीय प्रेम लामा भन्ने ओमबहादुर तामाङ छन्।

फरार भएछि जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले पक्राउ गरिदिन भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो। उनलाई आइतबार पक्राउ गरिएको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक पठाइएको एसपी रेग्मीले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर