फोहरलाई देखाएर राजनीति गर्नु हुँदैन, निकास दिनुपर्छ : मन्त्री गुरुङ

शहरी विकासमन्त्री सीता गुरुङले फोहरलाई देखाएर राजनीति गर्न नहुने बताएकी छन्। सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौंको फोहर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन्।

उनले फोहर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्ज्युस्याँइ नगर्ने बताइन्। उनले महानगरको सिंहदरबारको फोहर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताइन्।

उनले फोहरलाई देखाएर राजनीति गर्न नहुने बताइन्। समस्या समाधानका लागि सरकार लागि परेको मन्त्री गुरुङले बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर