सेवा चुस्तदुरुस्त बनाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्त रूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ ।

स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणले सूचना जारी गरी उक्त निर्देशन दिएको हो ।

अत्यावश्यक सेवाका रूपमा रहेको दूरसञ्चार सेवाको अनुमति बहाल रहँदासम्म सेवाग्राहीले बिनाकुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी सेवा चुस्तदुरुस्त रूपमा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

सेवा अतिआवश्यक रूपमा वर्गीकरण गरिएकाले अनुमति बहाल रहँदासम्म नियम-कानूनको पालना गर्दै निरन्तर सञ्चालन गर्नुपर्ने दायित्व रहने प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर