प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रमुख तीन दल सहमत

प्रमुख तीन दलहरूबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको छ।

आज बिहान भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूबीचको भेटवार्ता उक्त सहमति भएको हो।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले शीर्ष नेताहरूको भेटवार्तामा संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको जानकारी दिए। प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीबीच प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको हो।

सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकसमेत सहभागी उक्त छलफलमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकका विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर