सक्रंमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न बालुवाटारमा सत्ता साझेदार दलको बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार पाँच दलको बैठक बसिरहेको छ। संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकबारे छलफल गर्न बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू सहभागी छन्। संसदमा विचाराधीन रहेको टीआरसीसम्बन्धी विधेयकलाई फास्ट ट्र्याकमा चालु अधिवेशनबाटै पारित गराउने विषयमा छलफल हुने जनाइएको छ।

टीआरसी विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड सक्रिय रूपमा लागिपरेका छन्। यसअघि सोमबार बिहान नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच पनि यस विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर