वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने बताएकी हुन्।

काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरूबारे पनि सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताइन्।

सांसद डाँगीले काठमाडाैं प्रदूषित हुँदै जाँदा पनि सरकारले यसको नियन्त्रण र रोकथामका लागि प्रयास नगरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर