त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि बिहान ६ घण्टा उडान अवतरण नहुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार) बिहान ६ घण्टा उडान तथा अवतरण नहुने भएको छ।
त्रिभुवन विमानस्थल विद्युत आपूर्ति प्रणाली थप सुदृढ बनाउन वैशाख ७ गते बिहान १ देखि ७ बजेसम्म सबै उडान तथा अवतरण रोकिने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

बिहान ६ घण्टा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिन लागेको हो।

महाप्रबन्धक तिवारीले सूचना जारी गरी विद्युत आपूर्ति प्रणाली थप सुदृढ बनाउन अनलाइन यूपीएस जडान गर्न लागिएको बताए। अनलाइन यूपीएस जडान गर्न उडान तथा अवतरण रोकिन लागेको जनाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर