सिम डुप्लिकेसनमार्फत अनलाइन ठगी गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालमा आबद्ध रहेका विभिन्न बैंकहरूको अनलाइन भाइबर ग्रुप अकाउन्टहरूको दुरुपयोग गरी सिम डुप्लिकेसनमार्फत अनलाइन ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षका अनिल थापा पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनले सिम डुप्लिकेसनमार्फत पीडितहरूको बैंक तथा मोबाइल बैंकिङमा पहुँच पुर्‍याई कार्डलेस एटीएममार्फत रकम निकालेर ठगी गरेको अभियोग छ।

पक्राउ परेका थापालाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको एसपी राठौरले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर