उपनिर्वाचन-२०८०

मौन अवधिमा मत मागेको भन्दै कांग्रेस उम्मेदवार भट्टराईलाई आयोगको स्पष्टीकरण

तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। मौन अवधिमा मत मागेको भन्दै आयोगले भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

गत ७ गते मध्यरातिदेखि नै मौन अवधि लागू भइसकेको अवस्थfमा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।

आयोगले भट्टराईले मौन अवधिमा आफ्नो मोबाइल प्रयोग गरेर भ्वाइस म्यासेजमार्फत मत मागेको जनाएको छ।

‘वैशाख ७ गते राति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि लागू भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइलको भ्वाइस म्यासेजमार्फत मत माग्नुभएको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसहिता प्रतिकूल हुने गरी मत माग्नुभएको हो होइन? भनी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न लगाउने भनी जिल्ला आचारसंहिता अनुगमन समितिबाट आइतबार निर्णय भएको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय (जि.स.स.) दमौली तनहुँमा आफैँ वा प्रतिनिधिमार्फत उपस्थित भई स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ,’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर