प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदमा छलफल होस् : रघुजी पन्त

नेकपा (एमाले) का सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालको दर्शन पाउन पनि दुर्लभ भएको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री दाहालको संसदमा अनुहार हेर्न पनि पाउन गाह्रो भएको बताएका हुन्।

उनले भारत भ्रमणबारे संसदलाई अझै जानकारी नगराएको भन्दै प्रधानमन्त्री दाहालको आलोचनासमेत गरे। सांसदहरूले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले संसदमा त्यसबारे एक शब्द पनि नबोलेको भन्दै उनले असन्तुष्टि जनाए।

सांसद पन्तले प्रधानमन्त्री दाहालको भारत भ्रमण फलदायी होस् भन्ने आफूहरूले चाहेको पनि बताए। भारतसँगको सम्बन्ध नेपालका लागि महत्त्वपूर्ण हुने उल्लेख गदै उनले प्रधानमन्त्री दाहालको सो भ्रमण सफल रहोस् भनी कामना गरे।

सांसद पन्तले भारतसँगको नेपालको सम्बन्ध अझै सुमधुर र सुदृढ हुनुपर्नेमा पनि जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर