राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ।

उनी हाल भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स (एम्स) मा भर्ना भई उपचाररत छन्। राष्ट्रपति पौडेल यही वैशाख ६ गते थप उपचारका लागि भारत गएका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ।

एन्टिबायोटिकको प्रयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल भए पनि सामान्य हिँडडुल गर्ने अवस्थामा रहेको खबर साथमा रहेका परिवारका सदस्यबाट अवगत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर