उपनिर्वाचन-२०८०

बारा-२ मा उपेन्द्रसँग मतान्तर घटाउँदै शिवचन्द्र

बारा क्षेत्र नं. २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणनामा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।

उनको अग्रता कायमै रहे पनि जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवसँगको मतान्तर घटाउँदै लगेका छन्।

पछिल्लो मतपरिणामअनुसार यादवले १८ हजार ८०८ मत पाउँदा कुशवाहले १५ हजार ४५८ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ३ हजार ३५० छ। मंगलबार दिउँसोसम्म यादव र कुशवाहबीचको मतान्तर ५ हजारभन्दा बढी थियो।

नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेलले भने ५ हजार ५६३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २२६८ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १० मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *