पोर्चुगल पठाइदिने भन्दै २१ लाख ठगी, दुई जना पक्राउ

पोर्चुगल पठाएर मासिक दुई लाख रुपैयाँभन्दा बढी तलब हुने प्रतिष्ठित होटलमा काममा लगाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोरखाको घ्यालचोक गाउँपालिका-८ घर भई ललितपुरको गोदावरी नगरपालिका-१४, ठैब बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी र ४५ वर्षीया कमला रेग्मी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) साेमेन्द्रसिंह राठाैरका अनुसार उनीहरूलाई बिहीबार पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

उनीहरूले पोर्चुगल जान प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्ने भनी पीडितहरूबाट पटक-पटक गरी २१ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *