लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रहरीले लागुऔषध गाँजा मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटाको शहीदभूमि गाउँपालिका-३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५, टीकाथली बस्ने २७ वर्षीय खिलप्रसाद भन्ने खिरिलाल राई रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकटा पठाइएको प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर