पूर्वराजदूत श्रेष्ठद्वारा लिखित ‘नेपाल-पाकिस्तान बौद्ध सम्बन्ध’ पुस्तक लाेकार्पण

रुस*का लागि पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठद्वारा लिखित ‘नेपाल-पाकिस्तान बौद्ध सम्बन्ध’ नामक पुस्तक लोकार्पण भएको छ।

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले हिरण्य अन्तर्राष्ट्रिय पुस्तकालयको सहकार्यमा आयोजना गरेको एक समारोहमा शनिबार पुस्तक लोकार्पण गरिएको हो।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि पाकिस्तानी राजदूत अबरार द्वितीय हाश्मीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डाक्टर त्रिरत्न मानन्धर, विजय धम्ममोली परियोजनाका सहसंस्थापक भिक्खुनी डाक्टर धम्म विजय, प्रख्यात संस्कृतिविद् डाक्टर गोपाल पोखरेल र पूर्वमन्त्री किरपाल श्रेष्ठलगायत बौद्ध भिक्षु तथा विद्वानहरू उपस्थित थिए।

सो अवसरमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले सांस्कृतिक सम्पदा जनता-जनता सम्पर्कको महत्त्वपूर्ण पाटो भएको बताए। उनले लेखक श्रेष्ठको प्रयासको प्रशंसा गर्दै बौद्ध सम्पदा दुवै देशको साझा विरासत भएको बताए।

नेपालका लागि पाकिस्तानी राजदूत हाश्मीले पनि लेखक श्रेष्ठको कार्यको प्रशंसा गरे। उनले साझा बौद्ध विरासतबारे प्रकाश पार्दै पाकिस्तान र नेपालबीचको स्थायी बन्धनको रूपमा सांस्कृतिक र ऐतिहासिक सम्बन्धको महत्त्वमा जोड दिए।

*असावधानीवश रुसका लागि नेपाली राजदूत हिरण्यलाल श्रेष्ठ हुनुपर्नेमा अन्यथा हुन गएकाले क्षमायाचनासहित सच्याएका छाैं। -सम्पादक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर