लागुऔषधसहित बूढानीलकण्ठबाट तीन जना पक्राउ

प्रहरीले अवैध लागुऔषधसहित काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-२, बदेलीबाट तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धादिङ घर भई बूढानीलकण्ठ-२ बस्ने १९ वर्षीय सुदर्शन दाहाल, बूढानीलकण्ठ-२ का २२ वर्षीय संसार सिटौला र सोही स्थानकी २३ वर्षीया प्रबिना शाही छन्।

विशेष सूचनाका आधारमा प्रहरी प्रभाग, बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शनिबार बिहान पक्राउ गरेको हो।

प्रहरीले उनीहरूका साथबाट डाइजेपाम २०३ एम्पुल, फेनेर्गन २१४ एम्पुल, नुफिन २०२ एम्पुल नाइट्राजेपाम ७०९ ट्याब्लेट तथा तीन थान मोबाइल र नगद ५० हजार रुपैयाँ बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर