राष्ट्रपति पौडेलले उपचार खर्च आफैं व्यहोर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च आफैंले व्यहोर्ने भएका छन्।

मंगलबार प्रेस नोट जारी गर्दै राष्ट्रपतिको  स्वकीय सचिवालयले पौडेलले आफ्नो उपचारमा लागेको खर्च आफैं व्यहोर्न चाहेको जनाएको हो।

शिक्षण अस्पतालमा उपचारका क्रममा स्वास्थ्यमा सुधार नदेखिएपछि चिकित्सकको सल्लाहअनुसार राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गरिएको थियो।

उनी उपचारका लागि यही वैशाख ६ गतेदेखि साे अस्पताल भर्ना भएका थिए।  उपचारपछि उनी वैशाख १७ गते साँझ स्वदेश फर्किएका थिए।

यसअघि मंगलबार एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति पौडेललाई आफ्नो उपचार खर्च आफैं व्यहोर्ने घोषणा गर्न आग्रह गरेका थिए।

सामान्य बिरामी हुँदासमेत उपचारका लागि पौडेल भारत गएको भन्दै सांसदहरूले पनि प्रश्न उठाएका थिए।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *