२०२ किलो गाँजासहित मकवानपुरबाट ३ जना पक्राउ

मकवानपुरबाट २०२ किलोग्राम गाँजासहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-७ का ६७ वर्षीय इन्द्रबहादुर थिङ, ७६ वर्षीय भीमबहादुर थिङ र ३९ वर्षीय शिवराज थिङ छन्।

विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर र इलाका प्रहरी कार्यालय, पालुङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार बिहान पक्राउ गरेको हो।

अवैध लागुऔषधको कारोबार गर्ने गरेको सूचनापछि निरन्तर निगरानी गर्दै जाने क्रममा उनीहरूलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए।

पक्राउ परेका इन्द्रबहादुर थिङको घरबाट १७५ केजी र भीमबहादुर थिङ र शिवराज थिङको घरबाट २७ केजी गाँजा बरामद भएको छ।

बरामद गाँजाको मूल्य प्रतिकेजी १५ हजारका दरले ३० लाख ३० हजार बराबर पर्ने अनुमान प्रहरीले गरेको छ।

पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय, पालुङमा बुझाइएको एसपी जोशीले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर