आन्दोलनरत चिकित्सकको आरोप- चिकित्सा शिक्षा आयोगमा चोर छ

एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरूले आज पनि शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

मंगलबार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रियाविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

उनीहरूले आज २२ औं दिनसम्म पनि सरकार र सम्बन्धित निकायहरूले आफ्ना मागहरू पूरा नगरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा डा. छवि पन्थीले एमडी/एमएसको प्रवेश परीक्षाको नतिजामा वैज्ञानिक व्यवस्थापन हुन नसकेको बताए।

उनले योग्यताक्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताए। उनले आयोगमा नेतृत्व गरेका पदाधिकारीहरू कानूनी राज्यभन्दा माथि हो भन्दै प्रश्न गरे।

त्यस्तै प्रदर्शनकारी चन्दनकुमार गोइतले र्‍यांकअनुसार विद्यार्थीहरूले भर्ना पाउनुपर्ने बताए। उनले विद्यार्थीहरूमाथि चिकित्सा शिक्षा आयोगले बारम्बार आक्रमण गरिरहेको बताए।

त्यस्तै आन्दोलनरत चिकित्सक रविना श्रेष्ठले परीक्षा दिएको ५ महिनासम्म पनि प्रक्रियाअनुसार काम हुन नसकेको बताइन्। उनले प्रक्रियाअनुसार पढ्न मन रहे पनि नपाएको गुनासो गरिन्।

उनले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग दुई दिनमै सम्बोधन भए पनि विद्यार्थीहरूका माग सम्बोधन गर्न कुनै निकाय नआएको बताइन्।

उनीहरूले विद्यार्थीको भविष्यसँग खेल्न पाइँदैन, मेरा साना दुःखले आर्ज्या र्‍यांक होइन, सबै प्रमाण छन् खिचेको, योग्यताक्रम मिचेको, योग्यताक्रम लागू गर्, देशको स्वास्थ्य नबिगारिदेऊ, चोक-चोकमा स्वर छ, चिकित्सा शिक्षा आयोगमा चोर छ, न्याय माग्न कुन गोरखा जानू? न्यायपालिकाभन्दा ठूलो कार्यपालिका कसरी भयो? नखाऊँ भने वर्षभरको शिकार, खाउँ भने छुट्ने भयो अधिकारलगायतका प्लेकार्ड बोकी विरोध प्रदर्शन गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर