सार्वजनिक सवारी साधनलाई विद्युतीय बनाउन प्राथमिकता दिन्छाैं : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्तमान सरकार बजेट बनाउने चपेटामा रहेको बताएका छन्। बिहीवार काठमाडौंमा आर्थिक पत्रकार संघ नाफिजद्वारा आयोजित ‘इलेक्ट्रिक मोबिलिटीः सजेसन्स फर पोलेसी एण्ड बजेट २०८०/८१’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारमा आउनेबितिक्कै आर्थिक चपेटामा रहेको अवस्थामा आगामी आर्थिक वर्षको बजेट बनाउने चपेटामा सरकार रहेको बताए । उनले बजेट बनाउनलाई आर्थिक अवस्था राम्रो भए मात्रै बजेट राम्रो आउने बताए।

उनले मुलुकको वर्तमान आर्थिक अवस्था अत्यन्त समस्याग्रस्त रहेको दाबी गरे। उनले भौतिक पूर्वाधार मन्त्रालयको चालु आर्थिक वर्षमा १६७ अर्ब रहेको बजेटमा घटेर आगामी आर्थिक वर्षको लागि अर्थ मन्त्रालयले ११३ अर्बको मात्रै सिलिङ दिएको गुनासो गरे। उनले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको मन्त्रालयको बजेटमा आकाश र पातालको फरक भएको भन्दै ठूला गौरवका आयोजनामा ५० प्रतिशत बजेट घटाउनु पर्ने अवस्था आएको बताए।

उनले सरकारको आगामी नीति कार्यक्रम र बजेटमार्फत सार्वजनिक सवारी साधनलाई विद्युतीयतर्फ लग्न प्राथमिकता दिने प्रतिवद्धता जनाए। उनले सार्वजनिक सवारीलाई विद्युतीयतर्फ लैजाने गरी व्यवसायीलाई समेत आकर्षित गर्ने विषयमा सरकारले प्राथमिकतामा राख्ने बताए।

मन्त्री ज्वालाले अब आउने बजेटमा पनि यो विषयलाई प्राथमिकतामा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नेपालको उर्जा विगतको भन्दा उर्जा निर्यात गर्नसक्ने अवस्थामा रहेको बताउनु भयो। उहाँले सार्वजनिक सवारीलाई विद्युतीय बनाउँदा उर्जाको उपयोग हुने, वातावरणीय प्रदूषणको हिसावमा पनि फलदायी रहने भन्दै सरकारले यसतर्फ विशेष ध्यान दिएको बताए।

उनले सार्वजनिक सवारी साधनलाई विद्युतमा लगेको खण्डमा सस्तो र सुलभ भाडा हुने र नेपालको व्यापार घाटा कम गर्न योगदान पुग्ने बताए। मन्त्री ज्वालाले विद्युतीय सवारी साधनतर्फ व्यक्तिगत रुपमा आकर्षण बढे पनि सार्वजनिकतर्फ मानिसको ध्यान निकै कम पुगेको भन्दै सार्वजनिक सवारी साधनतर्फ आकर्षण बढाउन नसकेसम्म इन्धनमा व्यहोर्नुपरेको व्यापार घाटा कम नहुने बताए।

मन्त्री ज्वालाले एक वर्षदेखि आफ्नो सवारी लाइसेन्स ‘पेन्डिङ’ मा रहेको बताए। उनले आफ्नो लाइसेन्स प्रक्रियाको क्रममा रहेको भन्दै यातायात क्षेत्रमा धेरै विसंगति रहेको बताए। उनले लाइसेन्समा ढिलासुस्ती हुने जस्ता कारणलाई सुधार गर्न आफू लागिपर्ने उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *