प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गरेका छन्। बिहीबार एक कार्यक्रमबीच उनले भवन उद्घाटन गरेका हुन्।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताए। ‘प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ,’ उनले भने, ‘पछिल्लो पटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ।’ प्रहरीले संख्यात्मकभन्दा पनि गुणात्मक रूपमा सेवा प्रवाह गरिरहेको बताए।

जिल्ला प्रहरी कार्यालय परिसरमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, मेस र हिरासत कक्ष निर्माण गरिएका छन्। ती सबै संरचना छ करोड ६८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

निर्माणको जिम्मा बिकोइ सुनिल–समीर जेभीले लिएको थियो। निर्माण व्यवसायी नारायण पोखरेलले केही समय अगाडि भवनको निर्माण सकेर जिल्ला प्रहरी कार्यालय गुल्मीलाई हस्तान्तरण गरेका थिए। ती संरचना लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको प्राविधिक सहायतामा सम्पन्न भएका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर