सूचनाको महत्त्वलाई अझै बुझ्न सकिएको छैन : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्त्वलाई अझै बुझ्न नसकिएको बताएका छन्। शुक्रबार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभामुख घिमिरेले सूचनाको महत्त्वलाई उजागर गरी आम नागरिकका सूचनाको अधिकार सुनिश्चित गर्नुपर्ने बताए। उनले सूचनाको हक सबैले पाउनुपर्ने कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने र प्रभावकारी बनाउने कुरामा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने उल्लेख गरे।

उनले सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको प्रभावकारी रूपमा कार्यान्वयन हुने बताए। उनले सूचना पाउने अधिकार प्रजातन्त्रको प्राण भएकाले सम्बन्धित निकायबाट पाउने सेवा-सुविधाको सूचना समाजमा विस्तार गर्न आवश्यक रहेको बताए।

सभामुख घिमिरेले सार्वजनिक गरिएका विषयहरूको सूचना नागरिकस्तरमा विस्तार गर्न आवश्यक रहेको र जनताको सूचना पाउने हक सुनिश्चित हुनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *