अमेरिकामा चार महिनामा २०७ गोलीकाण्डका घटना

सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्डका घटना भएको सीएनएनले उल्लेख गरेको छ।

सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ। अमेरिकामा भएका सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो ।

गैरसैनिकहरूले पनि सहज रूपमा बन्दुक राख्न पाउने कानूनका कारणले अमेरिकामा अपत्यारिला र अप्रत्यासित गोलीकाण्ड घट्ने र निहत्था व्यक्तिहरूको ज्यान जाने क्रम बढ्दो मात्रामा छ। सम्बन्धित हिंसा ट्र्याक गर्न सन् २०१३ मा गठन गरिएको यो एक गैरनाफामूलक समूह हो ।

अमेरिकाको लस भेगासस्थित भोन टोबेल मिडिल स्कुलमा गोली चल्दा एक जना घाइते भएको लस भेगास महानगरीय प्रहरीले सोमबार (स्थानीय समय) बताएको छ ।

लस भेगास महानगरीय प्रहरीले लस भेगास गोलीकाण्डको अनुसन्धान गरिरहेको छ । गोली लागेर घाइते भएका व्यक्तिलाई युनिभर्सिटी मेडिकल सेन्टर लगिएको छ ।

लस भेगास मेट्रोपोलिटन पुलिसका अनुसार घटना अझै सेलाएको छैन । लस भेगास मेट्रोपोलिटन पुलिसले यसको आधिकारिक ट्विटर ह्यान्डलमा लेखेको छ, ‘हामी भोन टोबेल मिडलमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेका छौं ।’

यसअघि डलासको एउटा मलमा शनिबार भएको गोलीकाण्डमा बन्दुकधारीसहित कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै द हिलले जनाएको छ ।

सात जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । अन्य तीन जनाको अवस्था गम्भीर रहेको द हिलले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर