साइबर अपराधमा नरेन्द्र केसी पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ६ का ३५ वर्षीय नरेन्द्र केसी छन्।

प्रहरीको साइबर ब्यूरोले प्रहरी वृत्त कीर्तिपुरको सहयोगमा उनलाई पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायका अनुसार उनले फेसबुकमा साथी बनी वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाइफकाइ अश्लिल क्रियाकलाप गर्न बाध्य पारेका थिए। उनले त्यसको स्क्रिन रेकर्ड गरी उक्त रेकर्ड पीडित महिलालाई नै बारम्बार पठाएर आफूअनुकूल फाइदा लिन दबाब दिएका थिए।

आफ्नो उद्देश्य पूरा नभएपछि उनले पीडितका आफन्त तथा साथीलाई म्यासेन्जरमा अश्लिल क्रियाकलापमा संलग्न भएको स्क्रिन रेकर्ड पठाएर चरित्रहत्या गरेको आरोप छ।

उनीमाथि विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी रायले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर