लेफ्टिनेन्ट कर्णेल भाइकाजी थापाको कमाण्डमा ११५ जना शान्ति सैनिक लिबिया प्रस्थान

नेपाली सेनाका ११५ जना शान्ति सैनिक लिबिया गएका छन्। प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा उनीहरू बिहीबार लिबिया गएका हुन्।

लिबियामा संयुक्त राष्ट्र सहायता मिसन (यूएनएसएमआईएल) मा तैनाथ स्पेशल गार्ड युनिट चौथो डफ्फालाई बदली गर्नका लागि पाँचौं डफ्फाका ११५ जना शान्ति सैनिकहरूको पहिलो टोली मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यस्तै उक्त मिसनमा तैनाथ चौथो डफ्फाका ११३ जना शान्ति सैनिकहरू सेनानी गेलङ लामाको नेतृत्वमा शुक्रबार स्वदेश फिर्ता हुने निर्देशनालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकहरूमा हाल ६,०५९ जना नेपाली शान्ति सैनिकहरू कार्यरत रहेका छन्। संयुक्त राष्ट्रसंघीय मिसनमा सैन्य योगदान पुर्‍याउने मुलुकहरूमध्ये हाल नेपाल दोस्रो स्थानमा रहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *