एनएमबी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच विभिन्न डिजिटल च्यानलसम्बन्धी सेवा सञ्चालनको सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबी बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ। सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनएमबी बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन्।

ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यलाई आत्मासात गर्दै बैंकले ग्राहकहरूको बदलिँदो वित्तीय प्राथमिकतालाई सम्बोधन गर्न विभिन्न प्रकारका समयसान्दर्भिक योजनाहरू ग्राहकहरूमाझ प्रस्तुत गर्दै आइरहेको छ।

एससीटी र एनएमबी बैंकबीच भएको यस सम्झौताले ग्राहकलाई विभिन्न डिजिटल च्यानलहरू प्रयोग गर्न प्रोत्साहन गर्दै डिजिटल प्रणाली प्रयोगमा अभ्यस्त गर्नसमेत निर्णायक भूमिका खेल्न सक्ने विश्वास गरिएको छ।

एनएमबी बैंक विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एशिया-२०२१ उपाधिबाट सम्मानित भएको बैंक हो।

एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेकको छ। एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *