मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्रको समस्या समाधान गर्दैन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको दाबी गरे। उनले चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको बताए।

उनले राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकीकरण र पुनःसंरचनाको सुविधा दिए पनि ५ करोडमा मात्रै सीमित भएको बताए। उनले असार मसान्तसम्म बैंकको कर्जामा ५ करोडसम्मको मात्रै पुनःतालिकीकरण र पुनःसंरचनाको सुविधा पर्याप्त नभएको बताए।

उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा महासंघले दिएका सुझावहरू सम्बोधन नै भएनन् भन्न नमिल्ने पनि बताए।

उनले अर्थतन्त्रमा समस्या र चुनौतीहरू धेरै देखिएको भन्दै सम्बोधन गर्न मौद्रिक नीति पर्याप्त नभएको दाबी गरे। उनले महासंघले दिएका सुझावहरू सबै मौद्रिक नीतिको समीक्षामा सम्बोधन नभएको भन्दै सम्बोधन हुन बाँकी सुझावहरू आगामी मौद्रिक नीतिले र बजेटले सम्बोधन गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर