पेस्तोल र गोलीसहित महोत्तरीमा एक भारतीय पक्राउ

महोत्तरी प्रहरीले आज जिल्लाको एकडारा गाउँपालिका-४, हलखोरी चोकबाट पेस्तोल र गोलीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको बाजोपट्टी ग्राम पञ्चायत वडा नम्बर ६ बस्ने २६ वर्षीय पप्पु यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

भारतको सुरसण्ड शहरबाट हतियार बोकेर आउँदै गरेको युवक पप्पुलाई हलखोरी चोकमा खटिएका प्रहरीलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट होममेड इण्डियन लेखिएको एक थान पेस्तोल र सो पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली बरामद भएको हो ।

पक्राउ परेका युवक पप्पुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएर आवश्यक कारबाही अगाडि बढाइएको प्रनाउ गिरीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर