धेरै बीमा कम्पनीलाई लाइसेन्स दिने सरकारको कदम ठीक भएन : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरै बीमा कम्पनीहरूलाई लाइसेन्स दिने सरकारको कदम ठीक नभएको बताएका छन्। सोमबार बीमा कम्पनीको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले धेरै बीमा कम्पनीहरूलाई लाइसेन्स दिने सरकारको कदम गलत भएको बताए। उनले प्राधिकरणको अगुवाइमा बीमा कम्पनीहरू मर्जरमा जानु आवश्यक भएको उल्लेख गरे।

अर्थमन्त्री महतले बीमामा धेरै क्षेत्रलाई समेट्न जरुरी रहेको बताउँदै नियामक निकायले व्यावसायिक हैसियत देखाउन जरुरी रहेको बताए।

देशको आर्थिक अवस्थालाई मध्यनजर गरी बीमा कम्पनीहरू दर्ता गर्न जरुरी रहेको उनकाे भनाइ छ।

अर्थमन्त्री महतले सरकारले बीमालाई उच्च प्राथमिकता दिएको र स्वास्थ्य बीमाको समानन्तर चलिरहेको उल्लेख गर्दै यसलाई कसरी एउटै छाताभित्र ल्याउने भन्ने चुनौती रहेको बताए।

उनले सम्पूर्ण वित्तीय क्षेत्रमा सुधारको आवश्यकता रहेको उल्लेख गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *