कोशी प्रदेशमा सुरक्षाकर्मीलाई पोशाक सुविधा दिने मन्त्रिपरिषदको निर्णय

कोशी प्रदेश सरकारले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूलाई पोशाक सुविधा दिने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले यससम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्र विषयका प्रध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ । महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आएका उप्रेतीले त्रिभुवन विश्वविद्यालयको राजिष्ट्रार पदको जिम्मेवारी पूरा गरिसकेका छन् ।

त्यसैगरी कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानूनी परामर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर