श्रम विभाग कमजोर बन्यो : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले वैदेशिक श्रमसम्बन्धी सबै कामहरू पहिला श्रम विभागले गर्ने भए पनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताए। उनले आफैँले बोल्ने वाक्यहरूले आफैँलाई पिरोल्ने गरेको बताए। उनले श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको बताए।

मन्त्री भण्डारीले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको बताए। उनले श्रमको क्षेत्रलाई सुव्यवस्थित रूपमा सुरक्षित र भरपर्दो बनाउन सके सबै श्रमिकहरूका लागि राम्रो अवसर हुने बताए।

उनले श्रमको विश्वव्यापीकरणको फाइदा लिन सके देशलाई नयाँ शिराबाट अघि बढाउन सहयोग पुग्ने बताए।

मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गरे। उनले मन्त्रालयले अहिले सोही विषयमा छलफल गरिरहेको र १० दिनभित्रमा ऐन परिमार्जनको ड्राफ्ट बनाउने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर