बजेट २०८०/०८१

सरकारी निकायका पुराना र प्रयोगविहीन सवारी साधन ६ महिनाभित्र लिलामी गरिने

सरकारले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधनलगायतका सामानहरू ६ महिनाभित्र लिलामी गरिसक्ने भएको छ।

सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।

उनले सरकारका नियमति संरचनाबाट सम्पादन हुने कामका लागि अलग्गै संरचना वा निकाय सिर्जना गर्न र परामर्श सेवा लिन तथा स्वीकृत दरबन्दीभन्दा बढी संख्यामा सेवा करार लिन नपाइने व्यवस्था गरेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *