नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : भुवन केसी

चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ ।

बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताएका हुन् ।

‘बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरूसँग छलफल गरी बजेट प्रस्ताव गरेको तर बजेट विनियोजन भएन,’ उनले भने । चलचित्रको प्रवर्द्धनका लागि स्टुडियो बनाउने सकारात्मक रहेता पनि विदेशी चलचित्र आयात गर्नेमा पाँच प्रतिशत कर लगाउनुपर्नेमा एक प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति आफू पनि सन्तुष्ट नरहेको बताए ।

उनले भने, ‘एउटा स्टुडियो पनि नभएको अवस्थामा दुईवटा स्टुडियो बन्ने कुराले हर्षित छौँ । चलचित्रसम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौँ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *