सिरहामा पेस्तोल र गोलीसहित एक किशोर पक्राउ

सिरहामा पेस्तोल र गोलीसहित एक किशोर पक्राउ परेका छन्।

औरही गाउँपालिका-१, गंगान पुलबाट सुखिपुर नगरपालिका-६, रंगीपुरका १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट पेस्तोल १ थान, सोको म्यागजिन १ थान र गोली ६ राउण्ड बरामद भएको छ।

प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले बीआर ३२ एसी १४०४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर