ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना राजपत्रमा प्रकाशित

ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना राजपत्रमा प्रकाशित भएको छ।

संघीय संसद सचिवालयले सोमबार उनको सांसद पद रिक्त भएको सूचना राजपत्रमा प्रकाशन गरेको हो।

प्रतिनिधिसभालाई भने वैशाख १२ गते नै उनको सांसद पद रिक्त भएको जानकारी गराइसकिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका श्रेष्ठ मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो संवाद सार्वजनिक भएपछि पार्टीबाट निलम्बनमा परेका थिए।

उनको स्थानमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाइसकेको छ। उनले सांसद पदको शपथ पनि लिइसकेकी छन्।

हेर्नुहाेस् राजपत्रमा प्रकाशित सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर