नेपाल मेडिसिटी अस्पतालका कर्मचारीले उसैलाई यसरी ठगे साढे दुई करोड रुपैयाँ !

प्रहरीले नेपाल मेडिसिटी अस्पतालको साढे दुई करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा अस्पतालका तीन कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले अस्पतालको विलिङमा घोटाला गरेर दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा विलिङ शाखाका प्राविधिक प्रमुखसहित तीनजनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा विलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदैं आएको शुक्र नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरी रकम ठगी गरेका थिए ।

प्रहरी अनुसन्धानमा उनीहरुले अस्पतालमा भर्ना भएका बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिएपनि कम शुल्क सफ्टवेयरमा इन्ट्री देखाएर रकम ठगी गरेका हुन् ।

नेपाल मेडिसिटी अस्पतालले घटनाको अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएको थियो ।

प्रहरी अनुसन्धानमा दोलखा घर भएर भक्तपुर ठिमी वस्ने अस्पतालमा कार्यकारी आईपी विलिङको रुपमा कार्यरत राघव सापकोटा, ललितपुर चापागाउँका सनम देशार र काठमाण्डौं वालुवाटारका आशिष अर्यालले ठगी गरेको खुलेको हो ।

प्रहरीले उनीहरुलाई अपराधिक लाभ तथा अपराधिक विश्‍वासघात सम्वन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिनको अनुसन्धान म्याद लिएर बिस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *