सिद्धार्थ बैंकको सहयोगमा नि:शुल्क पाठेघरको क्यान्सर जाँच शिविर

सिद्धार्थ बैंकको सहयोगमा शनिबार चन्द्रागिरी नगरपालिका वडा नं . ४ मा अवस्थित प्राथमिक अस्पताल थानकोट परिसरमा नि:शुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर आयोजना भएकोे छ । उक्त कार्यक्रम सिद्धार्थ बैंक, नेपाल क्यान्सर केयर फाउण्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा आयोजना गरिएको हो ।

पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ जना महिलाहरूको पाठेघर परीक्षण गरिएको थियो । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ जसले समाजमा सकारात्मक प्रभाव पुग्छ भन्ने बैंकले विश्वास लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशैभर १९५ वटा शाखा (५ एक्स्टेन्सन काउन्टरसहित), ११९ शाखा रहित बैंकिङ सेवा, २२० एटीएममार्फत ग्राहकलाई उच्चस्तरीय र आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर