कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छ : उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैले आफ्नो ठाएँबाट एकजुट भई देश निर्माणका लागि लाग्नुपर्ने बताएकी छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले एकतावद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा, देश सेवा गर्ने कुरामा अघि बढ्न जरुरी रहेको बताइन्। उनले कलाकृति, संस्कृति बाँचेमात्र देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित बनाउने कुरामा लाग्न आग्रह गरिन्।

उनले पहिचान जीवित बनाउनका लागि सबै पुस्ता मिलेर काम गर्नुपर्ने बताइन्। उपमेयर डंगोलले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *