सरकारले चालु खर्च कटौती गर्ने प्रतिबद्धताविपरीत बजेट ल्यायो : विष्णु पौडेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैंले चालु खर्च कटौती गर्ने प्रतिबद्धताविपरीत आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च गत वर्षको तुलनामा ९७ अर्ब रूपैयाँले बढी हुनु सरकार आफैंले गरेको घोषणाविपरीत रहेको बताएका हुन्।

सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको समेत उनले आरोप लगाए। त्यसैगरी पुँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोड रूपैयाँले बजेट घटाएको तथ्य पनि उपाध्यक्ष पौडेलले औंल्याए।

उनले बजेटमा चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउने कुरालाई अस्वीकार गरिएकाले त्यो असंगत रहेको दाबी गरे।

उपाध्यक्ष पौडेलले बजेटले रोजगारी वृद्धि, उत्पादन वृद्धिमा ध्यान दिन नसकेको जिकिरसमेत गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर