सिंगापुरबाट फर्किए आईजीपी कुँवर

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर सिंगापुरबाट स्वदेश फर्किएका छन्।

इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा सञ्चालन भएको ‘हेड अफ एनसीबी कन्फ्रेन्स’ मा सहभागी भई उनी आइतबार अपराह्न ४ बजे स्वदेश फर्केका हुन्।

इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने ‘हेड अफ एनसीबी कन्फ्रेन्स’ यस वर्ष २०२३ जुन ७ देखि ९ सम्म सिंगापुरमा भएको थियो।

कन्फ्रेन्समा एनसीबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरा पनि सहभागी भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर