७ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जर्मन नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोग्राम लागुऔषध चरेससहित एक जना जर्मन नागरिक पक्राउ परेका छन्।

६३ वर्षीय पउल वेर्सटलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले सोमबार बिहान पक्राउ गरेको हो।

बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका उनलाई पक्राउ गरेर लागुऔषध नियन्त्रण ब्यूरोको जिम्मा लगाइएको विमानस्थल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले बोकेको सुटकेसबाट ६ किलो ८६० ग्राम चरेस बरामद भएको छ।

उनले ठूलो सुटकेसभित्र अरू दुईवटा सुटकेस हाली कपडासँगै कालो कार्बनले बेरेर चरेस लैजान लागेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर