प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीकाे नाम अनुमोदन 

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले अनुमोदन भएकाे छ।

संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले कार्कीको नाम अनुमोदन गरेको समितिका सभापति पशुपतिशमशेर जबराले जानकारी दिए।

बिहीबार कार्ययोजना पेस गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।

लगत्तै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ। अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन्।

आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर