चीनमा ४ महिना उपचारपछि स्वदेश फर्किए माओवादी नेता पुन

चीनमा ४ महिना लामो स्वास्थ्य उपचारपछि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन स्वदेश फर्किएका छन्।

नेता पुन पूर्ण स्वास्थ्य लाभ गरी शुक्रबार नेपाल फर्किएका हुन्। पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित उनी बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

उनको स्वागतका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलगायत विमानस्थल पुगेका थिए।

पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए।

उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो।

रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुन अस्वस्थताका कारण चुनावी गतिविधिमा समेत संलग्न हुन सकेका थिएनन्।

पुनमा भएको स्वास्थ्य समस्यालाई चिकित्सकीय भाषामा ‘क्रिग्लर-नजर-टाइप टु सिन्ड्रोम’ भनिन्छ। यो जटिल प्रकारको वंशाणुगत रोग हो। जसका कारण मानिसको शरीरमा जण्डिसको मात्रा अस्वाभाविक भएर पित्तको मात्रा बढ्ने र कलेजो तथा पित्तथैलीमा संक्रमणको जोखिम उच्च रहन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर