प्रहरी चौकी मुक्ली सोलुखुम्बुको नवनिर्मित भवन उद्घाटन

प्रहरी चौकी मुक्ली सोलुखुम्बुको नवनिर्मित भवन उद्घाटन गरिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले शुक्रबार आयोजित एक कार्यक्रमबीच भवन उद्घाटन गरेका हुन्।

सो अवसरमा प्रहरी नायब महानिरीक्षक बास्तोलाले नयाँ भवन निर्माणका लागि प्रहरीलाई आफ्नो अमूल्य जग्गा प्रदान गर्ने जग्गादाता तथा भवन निर्माणमा सहयोग गर्ने महानुभावहरूलाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक बास्तोलाले गास बास र कपासको उचित व्यवस्थापनले प्रहरी कर्मचारीमा थप मनोबल वृद्धि हुने उल्लेख गरे।

आम नागरिकमा प्रदान हुने प्रहरी सेवा स्तरीय हुने धारणा व्यक्त गर्दै उनले कानूनको परिधिमा रही जनचाहनाबमोजिमको प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।

कोशी प्रदेश सरकारबाट विनियोजित १ करोड ६६ लाख ३८ हजार ५६० रूपैयाँको लागतमा उक्त प्रहरी चौकी निर्माण भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर